तपाईँ सुन्दै हुनुहुन्छः

३० औँ त्रिवेणी कपको उपाधि रोड्स रामपुर चितवनलाई

लमजुङ । ३० औँ त्रिवेणी कपको उपाधि रोड्स रामपुर चितवनले जितेको छ ।

लमजुङ सदरमुकाम बेसीशहरस्थित सहजी खेल मैदानमा मङ्गलवार भएको फाइनल खेलमा बाग्मती फुटबल क्लब सर्लाहीलाई पेनाल्टी सुट आउटमा ५–४ को गोल अन्तरले हराउँदै रोड्स रामपुरले ३० औ त्रिवेणी कपको उपाधि जितेको हो ।

निर्धारित खेल समयमा एक/एक गोलको बराबरी भएपछि समय थप गरिएको थियो । अतिरिक्त समयमा कुनै पनि गोल हुने नसकेपछि ट्राई ब्रेकरमा चारका विरुद्ध ५ गोल गरी रोड्स रामपुरले त्रिवेणी कपको उपाधि जितेको हो ।

उपाधि विजेता रोड्स रामपुरले पाँच लाख नगदसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बाग्मती सर्लाहीले ३ लाख नगदसहित, रजत पदक र प्रमाणपत्र हात पारेको छ ।

फाइनल खेलमा रोड्स रामपुरका भविन्द्र मल्ल म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवं आयोजक त्रिवेणीका अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको हो ।

त्रिवेणी युवा क्लबको आयोजनामा पुस १२ गतेबाट बेसीशहरको सहजीस्थिती त्रिवेणी रङ्गशालामा ३० औँ त्रिवेणी कप प्रतियोगितामा विभिन्न जिल्लाका १४ टिमको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button