तपाईँ सुन्दै हुनुहुन्छः

सातौँ पर्वत महोत्सव माघमा हुने

पर्वत । पर्वतमा सातौँ पर्वत महोत्सव आयोजना गरिएको छ । उद्योग वाणिज्य संघ मुल आयोजक रहेको सातौँ पर्वत महोत्सव माघ ११ गतेदेखि २१ गतेसम्म कुस्मामा हुने भएको हो ।

मुल आयोजकले आज पत्रकार सम्मेलन गरि महोत्सवको बारेमा जानकारी दिएको हो । जिल्लाको पर्यटन प्रवर्द्धन, कृषि तथा घरेलु उद्यमको विकास, स्थानीय व्यवसाय र उत्पादनको प्रचारमा महोत्सव केन्द्रित हुने उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले जानकारी दिनुभयो ।

मुल आयोजक उद्योग वाणिज्य संघ भए पनि पर्वतका सबै स्थानीय तह, नेपाल उद्योग वाणिज्य संघ लगायत आयोजक तथा सह-आयोजकको रुपमा रहने भएका छन् । अध्यक्ष अधिकारीले विभिन्न निकायमा सहयोगको आव्हान गर्दै पुगेको र सबै क्षेत्रको सकारात्मक सहयोगको अपेक्षा रहेको जानकारी दिनुभयो । पर्वत महोत्सव सबैको साझा महोत्सव रहेकाले यसले पर्वतेली नागरिकको गरिमा पनि बढ्ने विश्वासमा रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

आयोजकले कार्यसमिति सदस्य, आमन्त्रित तथा पदेन सदस्यहरूलाई विभिन्न खाले व्यवस्थापनको जिम्मा लगाइसकेको छ । आर्थिक सङ्कलन तथा प्रचारप्रसारको काम पनि अगाडी बढाइएको अधिकारीले बताउनुभयो । वडागाउँ खेलकुद मैदानमा महोत्सव स्थल रहने भएको छ ।

आर्थिक समितिका संयोजक ठाकुर वि. पौडेलका अनुसार यो महोत्सवमा नेपाल उद्योग वाणिज्य महासङ्घ, टिकट विक्री, जिल्लाका स्थानीय तह, प्रायोजक, रमाइलो मेला, खेलकुद कार्यक्रम, संसद् विकास कोष र विभिन्न सङ्घसंस्था मार्फत १ करोड १६ लाख आम्दानी हुने र समग्रमा खर्च जोगाएर १७ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button