तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा प्रदेश सभाका दुवै छेत्रमा गठबन्धनका उम्मेदवार विजयी 

भोजपुर I भोजपुर प्रदेशसभा २ मा गठबन्धनबाट नेपाली काङ्ग्रेसका विनोद राई बान्तवा विजयी बन्नुभएको छ । बान्तवा ७५१ मतान्तरले प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार  खड्गबहादुर कार्की (प्रेम) लाईपछि पार्दै विजयी बन्नुभएको हाे । वान्तावाले १३ हजार ५७९ मत ल्याउँदा एमालेका कार्कीले १२ हजार ८२८ मत ल्याउनु भयो । आधिकारिक घोषणा हुन  भने बाकी छ ।  

त्यस्तै बिहीबार बिहान सम्पन्न मतगणना अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्र राईले नेकपा (एमाले) का उम्मेदवार हरि बहादुर राईलाई तीन हजार ८८७ मतान्तरले हराउँदै निर्वाचित हुनुभएकाे छ । 

राईले १६ हजार ११० मत प्राप्त गर्दा एमालेका हरि बहादुर राईले बाह्र हजार २२३ मत प्राप्त गर्नु भएको छ ।  निर्वाचित राई प्रदेश १ का मुख्यमन्त्रीसमेत हुनुहुन्छ । आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button