तपाईँ सुन्दै हुनुहुन्छः

फर्जी मत खसाल्न खोज्ने  ४ जना प्रहरी नियन्त्रणमा

महोत्तरी । महोत्तरीको गौशालाबाट फर्जी मत खसाल्न खोज्ने ४ व्यक्ति पक्राउ परेका छन् । गौशाला २ स्थित निगौल मतदान केन्द्रमा अरूको नाममा दोस्रो पटक मत खसाल्न गएका ४ जना प्रहरी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्र ले जानकारी दिनुभयो ।

कुनै परिचयपत्र नबोकी अरूको नाम लिएर मत खसाल्न मतदान केन्द्रमा प्रवेश गरेर अरूको नामको मत खसाल्न गएको बुझेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ४ जना अहिले इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button