तपाईँ सुन्दै हुनुहुन्छः

खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध

खोटाङ । नेपाल टेलिकमको अप्टिकल फाइवर लिङ्कमा खराबी आएपछि पूर्वका तीन जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ।

खोटाङको रेग्मीटार आसपासमा फाइवर लिङ्कमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध भएको हो।

आइतबार दिउँसोबाट तीन जिल्लामा टेलिकमका सबै सेवा अवरुद्ध भएपछि सर्वसाधारणलाई समस्या भएको छ।

मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यतिबेला चुनावी सभालगायतका कार्यक्रम भइरहेका र टेलिफोनमार्फत गरिने समन्वय तथा सम्पर्क पनि ठप्प भएका छन्।

सदरमुकाम दिक्तेलबाट करिब २१ किलोमिटर रेग्मिटार आसपासमा फाइवर लिङ्कमा खराबी आएको र प्राविधिक टोलीलाई त्यसतर्फ खटाइसकिएको नेपाल दूरसञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिनुभयो। प्राविधिक टोली त्यसतर्फ पठाइसकिएकोले सम्भवतः आज साँझ सम्ममा सेवा सुचारु गराउँछौँ प्रमुख मगरले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button