तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ प्रदेश नं १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ । मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुनेछ ।

प्रदर्शनीमा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने परिसङ्घले जनाएको छ ।

भारत, चीन, बङ्गलादेश, पाकिस्तान लगायत मुलुकबाट प्रदर्शनीमा सहभागिता गराउने परिसङ्घको योजना छ । प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुने परिसङ्घको विश्वास छ ।

प्रदर्शनी स्थलमा आधुनिक चार वटा डोम र तीन सय ५० स्टलहरू रहने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button