तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा तेस्रो प्रादेशिक औद्योगिक महोत्सव सुरु

जुम्ला । जुम्लामा तेस्रो प्रादेशिक औद्योगिक तथा व्यापार महोत्सव सुरु भएको छ ।

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन भएको हो । महोत्सव नेपाली सेनाको टुँडिखेल मैदानमा ५ दिन सम्म लाग्ने छ ।

महोत्सवमा किसान विष्णु धितालको अर्ग्यानिक खिरदेखि कुन्जाङ लामाको राडी पाखीका उत्पादन लगायत ४० वटा अर्ग्यानिक स्टल राखिएको छ । स्याउका विभिन्न परिकार समेत राखिएको छ ।

महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यले जुम्लाको आर्थिक संमृद्धि, स्याउ, ओखरको बजार प्रवर्द्धनका लागि महोत्सव कोशेढुंगा सावित हुने बताउनुभयो ।

भदौ ३१ गतेदेखि ५ दिनसम्म तेस्रो जुम्ला व्यापार महोत्सव सञ्चालन हुने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले बताउनुभयो ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती पनि रहने जनाइएको छ ।

यसै बीच महोत्सवकै अवसर पारी जुम्लामै छायाङ्कन भएको चलचित्र प्रकाश पनि प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button