तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सद्भाव, एकता र भातृत्वका लागि धार्मिक कार्यक्रमहरूको योगदान : मन्त्री कार्की

सुनसरी । सुनसरी सदरमुकाममा श्रीकृष्णजन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सामाजिक सद्भाव, एकता र भातृत्वका लागि धार्मिक कार्यक्रमहरूले योगदान गरेको बताउनुभयो । 

उहाँले विभिन्न जातजाति, धर्म सम्प्रदायका नागरिकहरूको बीचमा धार्मिक कार्यक्रमहरूले एकता र सद्भाव कायम गर्ने भएकाले श्रीकृष्ण जन्मोत्सवको शुभकामना दिनुभयो । 

त्यस्तै मन्त्री कार्कीले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा निर्माणाधीन टन हलको निर्माणको चरण र अवस्थाबारेमा जानकारी लिनुभएको छ ।  

लौकहीमा टन हलबारेमा निरीक्षण गर्नुभएका मन्त्री कार्कीले निरीक्षणका क्रममा कोशी गाउँपालिकाका कार्यवाहक अध्यक्ष अनितादेवी यादव, नेपाली कांग्रेस पार्टीका क्षेत्रीय सचिव जुगेश्वर यादव, नेता सदानन्द मण्डल, अमलेश मेहता सहितसँग जानकारी लिनुभयो ।

झण्डै ३८ करोड रुपैयाँ लागतमा निर्माण भएको टन हलको आउँदो भदौ २५ गते शनिबार सञ्चार मन्त्री कार्कीले उद्घाटनपछि गाउँपालिकालाई हस्तान्तरण गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button