तपाईँ सुन्दै हुनुहुन्छः

सर्पदंशबाट झापामा एकजनाको मृत्यु

भद्रपुर, झापा ।  झापाको कचनकवलमा सर्पले डस्दा एकजनाको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनु भयो

प्रहरी अनुसार शनिबार बिहान ५ बजे आफ्नै घरको ग्वालीमा पराल निकाल्न जाँदा टुडुलाई किङ कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो ।  सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बनियानी लगिएको थियो । समयमै उपचार केन्द्र पुर्‍याउन नसक्दा उनको शरीरभरि विष फैलिसकेकाले भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था आयो । 

तर, केन्द्रमा भेन्टिलेटर सेवा नहुँदा उनलाई थप उपचारका लागि भद्रपुर पठाइएको थियो । उनलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल भद्रपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button