तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिता क्षेत्र थप चुनौतीपूर्ण बन्दै: महासचिव थापा

वीरगञ्ज । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महासचिव किशोरजङ्ग थापाले पत्रकारिता क्षेत्र थप चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।

उहाँले सूचना प्रविधिको विकाससँगै नागरिकहरू पनि जागरूक भई अहिले पत्रकार भन्दा अघि नागरिकले सूचना पाउन थालेकोले पत्रकारिता थप चुनौती बन्दै गएको बताउनुभएको हो ।

रेस नेपाल तथा क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिले आयोजना गरेको सात दिने तालिम समापन समारोहमा उहाँले अहिले सामुदायिक रेडियोहरूलाई राज्यले कुनै पनि सहयोग नगरेको गुनासो गर्नुभयो ।

रेस नेपाल तथा नारायणी एफ.एम.१०३.८ मेगाहर्जका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तालिम समापन समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, रेडियो नेपालका ध्रुव अधिकारी, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, रेस नेपालका सचिव अरविन्द सिंह, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्रियटिभ ह्याण्ड् मिडिया प्रालिका सञ्चालक सुरेश विडारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिवनाथ यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button