तपाईँ सुन्दै हुनुहुन्छः

एक सय लिटर अवैध घरेलु मदिरा नष्ट

बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा करिब एक दर्जन पसलहरूबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ।

मार्तडी बजार अनुगमन गर्ने क्रममा बडिमालिका नगरपालिका वडा न.८ र ९ का होटल, पसलबाट एक सय लिटर अवैध घरेलु मदिरा फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा पत्रकारहरूको संयुक्त अनुगमन टोलीले उक्त अवैध मदिरा बरामद गरि बडिमालिका नगरपालिका ९ मा रहेको नयाँ बसपार्कको छेउमा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराको अवैध घरेलु मदिरा नियन्त्रण कार्यक्रम अन्तर्गत प्रहरी समुदाय साझेदारी मार्फत समुदायमा मदिरा प्रयोगबाट हुने झैझगडामा कमी ल्याउन यो अभियान गरिएको र यसलाई निरन्तरता दिइने प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button