तपाईँ सुन्दै हुनुहुन्छः

तथ्याङ्क विभाग राष्ट्रिय तथ्याङ्क कार्यालयका रूपमा परिणत हुने

काठमाडौँ । राज्यको तथ्याङ्क सङ्कलन गर्ने निकायका रूपमा रहेको राष्ट्रिय तथ्याङ्क विभाग अब राष्ट्रिय तथ्याङ्क कार्यालयका रूपमा परिणत हुने भएको छ ।

file photo

विगत ६४ वर्षदेखि केन्द्रीय तथ्याङ्क विभागको नाममा तथा राष्ट्रिय योजना आयोग मातहत रहेको विभाग सङ्घीय संसद्बाट पारित तथ्याङ्क विधेयक अनुसार अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहनेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता गर्नुभएको विधेयक २०७८ साउन २० गते पारित गरी प्रतिनिधिसभामा पठाइएको थियो । प्रतिनिधिसभाले विधेयकलाई गत साउन २५ गते बहुमतले पारित गरेको छ ।

सुरुमा प्रस्तावित विधेयकअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय स्वायत्त निकायका रूपमा रहने उल्लेख थियो । पछि, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रधानमन्त्री कार्यालय मातहत रहने गरी संशोधन गरेको हो ।

तथ्याङ्क ऐन २०१५ अनुसार केन्द्रीय तथ्याङ्क विभागको स्थापना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button