तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्षद्वारा घरदैलोमा पुगी सामाजिक सुरक्षा भत्ता कार्डको नवीकरण सुरु

बारा । ज्येष्ठ नागरिकको सहजताका लागि घरदैलोमा पुगी बाराका एक वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता कार्डको नवीकरण सुरु गर्नुभएको छ ।

महागढीमाई नगरपालिका ७ का वडाध्यक्ष शिवेन्द्रप्रताप सिंहले आफूले चुनावमा गरेको बाचा स्वरूप घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता कार्डको नवीकरण सुरु गरेको बताउनुभयो ।

ज्येष्ठ नागरिकको सहजता र सरलताको लागि घरदैलो कार्यक्रममार्फत कार्ड नवीकरण प्रक्रिया सुरु गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button