तपाईँ सुन्दै हुनुहुन्छः

थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ । देशभरि आज थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

५ हजार ७ सय ३७ वटा नमुनाको परीक्षण गर्दा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ४ सय ७४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

आज कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ११ हजार ९ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५ हजार ३ सय ८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button