तपाईँ सुन्दै हुनुहुन्छः

धरानको चारकोशे झाडीमा नेटवर्क आउन थाल्यो

सुनसरी । धरानको विश्वकर्मा मन्दिर देखि दक्षिण र तरहराको पानी पियादेखि उत्तर जङ्गल बीचमा फोन नलाग्ने समस्या अब हटेको छ ।  

सुनसरी उद्योग वाणिज्य सङ्घले सङ्घीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ध्यानाकर्षण गराएपछि समस्याको समाधान भएको हो । धरानको जङ्गल बिचमा मोबाइलको नेटवर्क नलागेर बर्सौँ देखि जनताले समस्या भोग्नु परेको थियो ।

सवारी साधन दुर्घटना हुँदा, चोरी तथा लुटपाट हुँदा वा कुनै पनि समस्या पर्दा आकस्मिक सहयोग माग्ने पहिलो माध्यम टेलिफोन सम्पर्क भए पनि उक्त स्थानमा सम्पर्क नहुँदा निकै समस्या हुने गरेको थियो । 

श्रावण २० गते सुनसरि उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ र पदाधिकारीहरू सहितको  टोलीले सङ्घीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समक्ष उक्त समस्या दर्साएका थिए ।

मन्त्री कार्कीले फोन नलाग्ने समस्या समाधान गर्न तत्काल निर्देशन दिएका थिए । अब तरहरा देखी धरान सम्मको चारकोशे झाडीमा मोबाइलमा नेटवर्क आउन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button