तपाईँ सुन्दै हुनुहुन्छः

मतगणनामा धाँधली भएको भन्दै उच्च अदालतमा रिट

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ को मतगणनामा धाँधली भएको भन्दै मतगणना विवाद उच्च अदालत विराटनगरमा पुगेको छ । 

निर्वाचन आयोगले खटाएको निर्वाचन अधिकृतले सार्वजनिक गरेको मतपरिणाम र मतगणना फारमको मत सङ्ख्यामा फरक परेकाले हरिनगर गाउँपालिका ६ नम्बर वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार अकरम अलीले पुनः मतगणनाको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गर्नुभएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश दोय राजन प्रसाद भट्टराई र मुरारीबाबु श्रेष्ठको आदेश अनुसार अलीको मतगणना कार्य तथा निर्वाचन परिणाम बदर गरि दोहोर्‍याई मतगणना गरि पाउँ मुद्दामा वडा अध्यक्ष पदको मतगणना परिणाम र मतगणना फारमको सक्कलै फारम जिल्ला निर्वाचन कार्यालय सुनसरीबाट झिकाई नियमानुसार पेश गर्न आदेश गर्नुभएको छ ।

साउन २४ गते न्यायाधीश दोय भट्टराई र श्रेष्ठको इजलासले मतपरिणाम र मतगणना फारम झिकाउने आदेश गरेको बताइएको छ ।

हरिनगर गाउँपालिका निर्वाचन अधिकृत मोहन प्रसाद घिमिरेले अदालतले यस बारेमा छिनोफानो गर्ने प्रतिक्रिया दिनुभयो गत ३० वैशाखमा मतदान सकिएपछि मतगणनामा धाँधली भएको भन्दै एमालेले विरोध जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button