तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग परिसंघले रोजगार तथा सीप मेला आयोजना गर्ने

काठमाडौँ । नेपाल उद्योग परिसंघले आगामी कार्त्तिक १७ देखि २० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने सिएनआई रोजगार तथा सीप मेला २०७९ आयोजना गर्ने भएको छ ।

बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबिचको खाडल कम हुने नेपाल उद्योग परिसंघले जनाएको छ ।

तीन दिने मेलामा २०० भन्दा बढी कम्पनीहरू सहभागी हुने अपेक्षा गरिएको छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरू, सेवा तथा उत्पादनमूलक उद्योगहरू, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरू समेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरूले मेलाको अवलोकन गर्ने अपेक्षा परिसंघले गरेको छ ।

नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सिएनआई रोजगार तथा सीप मेला २०७९ आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button