तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल चोर गिरोहका ६ जना पक्राउ

बारा । बारा प्रहरीले मोटरसाइकल चोर गिरोहका ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेकाहरूलाई प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

साउन १९ गते बाराको बरियारपुरबाट दुई थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पचरौता नगरपालिका–७ बेनौलीका २१ वर्षीय विशाल कुमार सहनी र २० वर्षीय भोला पटेललाई पक्राउ गरिएको थियो ।

प्रहरी हिरासतमा रहेका उनीहरूको बयानका आधारमा बेनौलीकै २० वर्षीय वृजमोहन साह सोनार, २० वर्षीय विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनी गरी ४ जनालाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button