तपाईँ सुन्दै हुनुहुन्छः

समाजलाई बाटो देखाउने सामर्थ्यलाई परिचालन गरौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलुक श्रीलङ्काको बाटोमा जाने बताउनुभएको छ ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चित शून्य अवस्थामा पुग्ने र मूलक श्रीलङ्काको बाटोमा जाने बताउनुभयो ।

मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रूपमा असफल भएको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको स्पष्ट पार्नुभयो ।
उहाले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गर्नुभयो ।

पोखरेलले समाजलाई बाटो देखाउने सामर्थ्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिनुभयो ।
एमाले नेताहरू भानुभक्त ढकाल रघुजी पन्त, खगेन्द्र राईलगायतले समसामयिक राजनीतिक अवस्था र सांस्कृतिक समृद्धिसम्बन्धीमा प्रशिक्षण दिनुभएको थियो ।

महासङ्घका कार्यबहाक अध्यक्ष भूमिका सुब्बाले सङ्गठनले वैचारिक र सांस्कृतिक चेतलाई थप स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button