तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनलाई युरोपेली सङ्घको सदस्यता उपलब्ध गराउन युरोपेली आयोगद्वारा सिफारिस

काठमाडौँ । युक्रेनलाई युरोपेली सङ्घको सदस्यता उपलब्ध गराउन युरोपेली आयोगले सिफारिस गरेको छ । 

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले युक्रेनलाई युरोपेली सङ्घको औपचारिक सदस्य बन्नका लागि बाटो खुला भएको प्रतिक्रिया दिनुभएको छ । 

युरोपेली सङ्घको सदस्य बन्नका लागि युक्रेनलाई केही वर्ष लाग्न सक्ने सङ्केत गर्दै यसका लागि युक्रेनले केही महत्त्वपूर्ण मापदण्ड पुरा गर्नु पर्ने समेत बताउनुभएको छ । 

यसैबीच, युरोपेली संघका सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहायता बढाइरहेका बेला युरोपेली सङ्घको सदस्यता उपलब्ध गराउने कार्यलाई नजिक बाट नियालिरहेको प्रतिक्रिया दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button