तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिर पहिरोका कारण बाटो अवरुद्ध

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना–४, घोप्टेभिरमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । आज दिउँसो करिब २ बजेको समयमा माथिबाट पहिरो खस्दा बाटो दुवै तर्फी अवरोध भएको चितवन प्रहरीले जनाएको छ ।

मनकामना केबलकार र मुग्लिन बजार तर्फबाट बिच भागमा पर्ने उक्त स्थानमा ईलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक सुनजित तामाङको टोली खटिएको र बाटो खुलाउन सडक विभागसँग समन्वय भई पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button