तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति बाराको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी 

बारा । जिल्ला समन्वय समिति (जिसस) बाराको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । 

जिसस प्रमुखमा एमालेका नरेन्द्र कुमार साहले २० मत ल्याई विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । 

उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामदेयाल महतोले ९ ल्याउनुभयो  ।

त्यसैगरी,  उपप्रमुखमा एमालेका चण्डिका उप्रेतीले १७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने गठबन्धनका तर्फबाट जनता समाजवादी (जसपा)का पवनकुमार ब्याहुतले १५ मत प्राप्त गर्नुभयो । 

त्यसैगरी, जिसस सदस्यहरूमा पुरुषतर्फ जसपाका ३ जना, महिलातर्फ लोकतान्त्रिक समाजवादी (लोसपा)का १ जना,  एमालेका, २ जना र दलित तथा अल्पसङ्ख्यकबाट १ जना लोसपाको सदस्य निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । 

समन्वय समितिको निर्वाचनमा ९ वटा पदका लागि प्रमुख, उपप्रमुख र सदस्यहरु गरी २२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।  

जिससको निर्वाचनमा ३२ मत खसेकोमा ३ मत भने बदर भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button