तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको प्रमुखमा काँग्रेसका श्रेष्ठ विजयी 

सिन्धुपाल्चोक  । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ । 

आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित हुनुभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश वि.कले १० मत प्राप्त गर्नुभयो भने १ मत खालि रहेको थियो ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार जङ्ग प्रताप सिलवालले ११ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी,  समन्वय समितिको सदस्यमा काँग्रेसबाट ६ जना र समाजवादीबाट १ जना सदस्यले १३/१३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत चन्द्र प्रकाश तिवारीले जानकारी दिनुभयो । सदस्यमा जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत ,ढक माया सेतो कोइराला, सोममाया श्रेष्ठ, तारा नेपाली विजयी हुनुभएको छ  ।

सिन्धुपाल्चोकमा कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।  १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कुल २४ मतदाता रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button