तपाईँ सुन्दै हुनुहुन्छः

जिसस सिन्धुपाल्चोकमा कांग्रेस–समाजवादी र एमाले–माओवादी केन्द्रबीच गठबन्धन 

सिन्धुपाल्चोक ।  जिल्ला समन्वय समिति (जिसस)सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ । 

एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति  भएको कांग्रेस  जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिनुभयो । चुनावका लागि आज २ बजे मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ ।

काङ्ग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उम्मेदवार बन्नुहुने बताइएको छ  । ती दुई दलका बीच गठबन्धन भएसँगै जिससमा बहुमत पुगेको छ । 

काँग्रेसलाई जिससमा आफ्नो नेतृत्वका लागि एक भोट अपुग थियो । बाह्र स्थानीय तह रहेको जिल्लामा जिससमा हुने २४ मतमध्ये काँग्रेसको १२, एमालेको सात, नेकपा (माओवादी केन्द्र_को चार र एकीकृत समाजवादीको एक मत छ । जिसस निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुखले मत दिने व्यवस्था छ ।

यस्तै जिसस निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच पनि तालमेल हुने भएको छ । ती दुई दलसँग ११ मत छ । प्रमुखमा माओवादी केन्द्रबाट गणेश विक र उपप्रमुखमा एमालेबाट जेपी सिलवालले उम्मेदवारी दिने भएका छन् । 

समाजवादीले भने उपप्रमुखमा को उठाउने भन्ने अझै टुङ्गो हुन सकेको छैन । स्थानीय तहको निर्वाचन भएको ३० दिनमा जिसस निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button