तपाईँ सुन्दै हुनुहुन्छः

आईएफजेको अध्यक्षमा डोमिनिक प्राडाली निर्वाचित

काठमाडौं ।अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को अध्यक्षमा फ्रान्सकि पत्रकार डोमिनिक प्राडाली निर्वाचित हुनुभएको छ । ओमानको मस्कटमा जारी ३१ औं आईएफजे कंग्रेसमा फ्रान्सको नेशनल युनियन अफ जर्नलिस्टका सदस्य डोमिनिक नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ विगत ६ वर्षदर्खि आईएफजेको कार्यकारी समितिमा रहेर काम गर्नुभएको थियो ।

उहाँ एसएनजे राष्ट्रिय समिति, एन्जर्स कंग्रेस हुँदै आईएफजेको कार्यकारी समितिमा पुग्नुभएको थियो । उहाँ सन् २०२१ मा गठित व्यवसायिक पत्रकारहरूको परिचय पत्र (सीसीआईजेपी) को उच्च आयोगको सदस्यसमेत बन्नुभएको थियो ।

हाल पत्रकारिता नैतिकता र मध्यस्थता परिषद् (सीडीजेएम) को उप कोषाध्यक्ष हुनुहुन्छ । अध्यक्षमा निर्वाचित भएपछि प्राडालीले भनुभयो , ‘आईएफजे कंग्रेसले अध्यक्षमा निर्वाचित गर्दै फ्रान्स र सम्पूर्ण पत्रकारहरुलाई सम्मानित बनाएकोमा गर्व छ।’

विश्वभर प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको र पत्रकारहरू पहिलो पीडित हुने गरेको उल्लेख गर्दै पत्रकारहरु पीडित हुँदा त्यसको सजाय नागरिकले भोग्‍नुपर्ने उहाँले बताउनुभयो ।

आईएफजे कंग्रेसको एसिया प्यासिफिक कार्यकारी समितिमा नेपालबाट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button