तपाईँ सुन्दै हुनुहुन्छः

फौजी किराले मकै बाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका क्षेत्रमा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

नगरको वडा नम्बर १ फत्तेपुर, वडा नम्बर २ पर्सा, वडा नम्बर ३ सखुबनि, वडा नम्बर ४ बलार्दह, वडा नम्बर ५ गङ्गाजली लगायत क्षेत्रमा फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् ।

“मकैका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले”, सप्तकोसी १ का किसान राजकुमार चौधरीले बताउनुभयो ।

कृषि प्राविधिकको सल्लाह र सुझाव अनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रणमा आउन नसकेको सप्तकोसी १० का किसान विनोद पण्डित बताउनु हुन्छ ।

मकै बालीमा दुई हप्तादेखि बिरुवाको पात तथा बोट फौजी किराले नष्ट गर्न थालेको हो ।

विगत केही वर्षयता सप्तकोसी क्षेत्रमा फौजी किराको प्रकोप देखिएको हो । समस्या समाधानको लागि नगरपालिका, कृषि शाखा लगायत सम्बन्धित निकायबाट उचित पहल हुन नसक्दा किसानहरू मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button