तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर बुढ थापा, सब इन्जिनियर गोरसिंह वढुवाल तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।

मुगुको सोरु गाउँपालिका वडा नम्बर १, जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढी मूल्याङ्कन गरी झुट्टा बिल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरी फिल्डमा कार्य नगरी ८ लाख ८७ हजार रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा वन अधिकृत वुढथापा, सब–इन्जिनियर वढुवाल, सब–ओभरसियर रवीन्द्र शाही, उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरि बहादुर शाही विरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button