तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न पदमा १ लाख ४९ हजार ६७३ जनाको मनोनयन दर्ता

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ४९ हजार ६७३ जनाको मनोनयन दर्ता भएको छ ।

File Photo

निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म १ लाख ४९ हजार ६७३ जनाको मनोनयन दर्ता भएको छ ।

यसैबिच निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ ।

आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठले कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मतपत्र ढुवानी कार्यतालिका अनुसार अब दैनिक रुपमा मतपत्र ढुवानी हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button