तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज नाकाबाट ९ महिनामा ६६ अर्ब ५२ करोडको नेपाली उत्पादन भारत निर्यात

वीरगंज । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा ६६ अर्ब ५२ करोड ३५ लाख ७७ हजार रुपैयाँ बराबरको नेपाली उत्पादन भारत निर्यात भएको छ । 

चालु वर्षको साउनदेखि चैत्र मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट भटमासको तेल सबैभन्दा बढी भारत तर्फ निर्यात भएको वीरगंज  भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताउनुभयो । 

चालु आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज नाकाबाट मात्रै ८ अर्ब ११ करोड ५३ लाख ४ हजार मूल्य बराबरको ३ करोड ७० लाख ७ हजार ५८ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ । 

वीरगंज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ वटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् । 

त्यसैगरी वीरगंज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यावनप्रास, सहित कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैँचा कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य बस्तु रहेका छन् । 

डाबरको जुस जाम ५४ करोड ८२ लाख ७७ हजार मूल्य बराबरको भारत निर्यात भएको छ भने च्यावनप्रास, त्रिफला, बतिसा ६४ करोड ३५ लाख ८ हजार मूल्य बराबरको निर्यात भएको छ । त्यसैगरि वीरगंज नाकाबाट सूर्यमुखी प्रशोधित पाम तेल ५४ करोड ५ लाख २४ हजार मूल्य बराबरको भारततर्फ निकासी भएको छ भने डाबर दन्त मन्जन मात्रै ५५ करोड ८८ लाख १ हजारको निर्यात भएको छ यता जमोठ कपडा २० करोड ४ लाख २० हजार मूल्य बराबरको निर्यात भएको छ ।

त्यसैगरि नेपालबाट स्पोर्ट सुज ४८ करोड ६२ लाख मूल्य बराबरको निर्यात भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यसैगरी आयुर्वेदिक औषधि, स्टिलका भाँडाकुँडा, कागजका बाकस, सीआर सिटलगायत वस्तु समेत ठूलो परिणाममा भारत तर्फ निर्यात हुने गरेको वीरगंज भन्सारले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button