तपाईँ सुन्दै हुनुहुन्छः

नाच हेर्न गएका युवा मृत फेला

सल्यान । सल्यानमा एक युवा मृत फेला परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ निवासी अन्दाजी १६ वर्षीय टेक बहादुर बोहरा मृत फेला परेका हुन । उनको शव कपुरकोट गाउँपालिका –५ ओखरपाटा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बुधवार साथीहरूसँग बिहेको नाच हेर्न गएका उनी घर नफर्किए पछि मृतकका परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयको खोजतलासको क्रममा बिहीबार दिउँसो ओखरपाटाको भिरबाट लडेर करिब ५० मिटर तल बारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम यादवले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button