तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको नयाँ भेरियन्टको त्रास, भारतबाट नेपाल भित्रिन खोप कार्ड अनिवार्य

कञ्चनपुर । अफ्रिकी मुलुकहरूमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएपछि कञ्चनपुरको गड्डाचौकी नाकामा कडाइ गर्न थालिएको छ । 

स्थानीय प्रशासनले सीमा नाकामा नेपाल भित्रिने यात्रुहरूको पिसिआर रिपोट र दुवै मात्रा खोप लगाएको कार्ड लगायतका कागजपत्र अनिवार्य रुपमा हेर्न सुरक्षाकर्मीहरूलाई भनेको छ ।

कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले यहाँको प्रमुख गड्डाचौकी नाका भएर नेपाल भित्रिने यात्रुहरूको खोप कार्ड र पिसिआर परीक्षणको रिपोट अनिवार्य रुपमा हेर्न थालेको जानकारी दिनुभयो । उहाँले जोखिमलाई कम गर्न सावधानी अपनाइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button