तपाईँ सुन्दै हुनुहुन्छः

‘झन्डै ५७ लाख ६० हजार युवा बेरोजगार’

काठमाडौँ । अर्थ क्षेत्रका विज्ञहरूले मुलुकका झन्डै ५७ लाख ६० हजार श्रम गरेर खान सक्ने युवा बेरोजगार रहेको बताउनुभएको छ ।

ललितपुर उद्योग वाणिज्य सङ्घको आर्थिक वर्ष २०७८÷७९ बजेटसम्बन्धी छलफल कार्यक्रममा अर्थशास्त्री एवं पूर्व राजदूत प्राडा विश्वम्भर प्याकुरेलले मुलुकमा १५ देखि २९ वर्ष उमेर समूहका युवाको यति ठूलो हिस्सा बेरोजगार हुँदा विकासले गति लिन नसक्ने बताउनुभयो । 
अमेरिकाका लागि पूर्व राजदूत प्राडा शङ्कर शर्माले सरकारले विभिन्न कामका लागि प्रवाह गर्ने भनिएको ऋण सहयोग उत्पादित क्षेत्रमा भन्दा अनुत्पादित क्षेत्रमा प्रयोग भइरहेकाले त्यसतर्फ मध्यनजर गर्न जरुरी रहेको सुझाव दिनुभयो । 


अर्थशास्त्री डा चन्द्रमणि अधिकारीले सरकारले सार्वजनिक गरेको बजेटले सर्वहारा वर्गलाई छुन नसकेको धारणा व्यक्त गर्नुभयो ।


नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशीका साथै विदेशी बजारमा समेत उत्पादन बढाएर अघि बढ्ने योजना बनाइरहेको बताउनुभयो । 


गोदावरी इकोनोमिक्स फोरमका सल्लाहकार भरत थापाले विकासको चाहनामा भूगोल बिर्सँदा प्राकृतिक विपत्ति बढिरहेकाले यसतर्फ दृष्टिगत गर्न जरुरी रहेको भनाइ राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button