तपाईँ सुन्दै हुनुहुन्छः

कोपा अमेरिका : ब्राजिलले कोलम्बियालाई हरायो

कोपा अमेरिकाअन्तर्गत बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई पराजित गरेको छ ।खेलको नवौं मिनेटमै एक गोलले पछि परेको ब्राजिललाई रोबर्टो फर्मिनोले ७७औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्‍याएका थिए।

खेलको निर्धारित ९० मिनेटसम्मको नतिजा १–१ गोलको बराबरी भए पनि नेयमारको पासमा कासिमेरोले गोल गरेसँगै ब्राजिलले कोपा अमेरिकामा लगातार तेस्रो जित निकालेको छ।कोलम्बियाका लागि लुइस डियाजले गोल गरेका थिए। उनको गोलसँगै पहिलो हाफमा एक गोलको अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफको लामो समयसम्म पनि अग्रता लिएको थियो। खेलमा ब्राजिलले ७० प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो ।

यो जितसँगै समूह बीमा ब्राजिलको नौ अंक छ। चार खेलबाट चार अंक बनाएको कोलम्बिया समूहको दोस्रो स्थानमा छ। तेस्रो स्थानको पेरुको चार अंक छ भने चौथो र पाँचौ स्थानमा रहेका इक्वेडर र भेनेजुएलाको समान २–२ अंक छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button