तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा मङ्गलवार दुई जना सङ्क्रमितको मृत्यु, मृतकको सङ्ख्या ५२ पुग्यो

बागलुङ । बागलुङमा मङ्गलवार दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ का ६८ वर्षीय र बागलुङ नगरपालिका वडा नं. ३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

दुवै जनाको मङ्गलवार धौलागिरि अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । बडिगाडका संक्रमित उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या लिएर  धौलागिरि अस्पतालमा भर्ना भएका थिए । 

यस्तै, बागलुङ नगरपालिकाका ८२ वर्षीय पुरुष असार ७ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल आएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना परीक्षणका लागि स्वाब निकालेर उपचार भइरहेकै अवस्थामा रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएको केही समयमा उनको मृत्यु भएको कोभिड स्रोतव्यक्ति घिमिरेले बताउनुभयो  ।

यो सँगै बागलुङमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button