तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर अस्पतालमा आज एक जना कोरोना सङ्क्रमितको मृत्यु

टीकापुर कैलाली । टीकापुर अस्पतालमा पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै टीकापुर अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५० पुगेको टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिनुभयो । 

आज २ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । योसँगै टीकापुर अस्पतालबाट अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या १ सय ९० पुगेको छ । अहिले अस्पतालमा ११ जना कोरोनाका लक्षण देखिएका बिरामीहरूको उपचार भइरहेको छ । 

११ जनामध्ये ५ जनाको एचडियुमा, ५ जनाको कोरोना जनरल वार्डमा र १ जनाको अक्सिजन सहित चिकित्सकको निगरानीमा उपचार भइरहेको व्यवस्थापक टेकराज भट्टले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button