तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार

बाजुरा । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ४ की एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय र जगन्नाथ गाउँपालिका बाजुराको समन्वय तथा पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जगन्नाथ गाउँपालिका वडा नं.४ बस्ने अर्ग भण्डारीकी २६वर्षीय श्रीमती कमला भण्डारी को ३ दिन देखि सुत्केरी हुन नसकी गम्भीर अवस्था भई अप्रेसन गरेर मात्र सुत्केरी गराउन सकिने स्थानीय स्वास्थ्य चौकीले बताएको र त्यो बाजुरामा सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट सोमबार साँझ ५ बजेतिर नेपालगन्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनु भयो। उनलाई दुई दिनसम्म हुनी महती स्वास्थ्य चौकी गोत्रीमा राखिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button