तपाईँ सुन्दै हुनुहुन्छः

धादिङका सहायक वन अधिकृत ४० हजार घुस सहित पक्राउ

धादिङ। धादिङका सहायक वन अधिकृत ४० हजार घुस सहित पक्राउ परेका छन् ।

निलकण्ठ सब डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।घुस मागेको भन्ने उजुरीको आधारमा स्ट्रीङ अपरेसन गर्दा कार्यालय प्रमुख पौडेल रङ्गेहात पक्राउ परेको आयोग प्रवक्ता नारायण प्रसाद रिसालले बताउनुभयो।

फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको बारेमा परेको उजुरी मिलाइदिने भन्दै र्फनिचर व्यवसायी सँग ४० हजार नगद लिइरहेको अवस्थामा पक्राउ गरिएको हो ।पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही हुने प्रवक्ता रिसालले जानकारी दिनुभयो । पक्राउ परेका पौडेलले गत कात्तिकदेखि निकलण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button