तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा असार ७ सम्म निषेधाज्ञा थपियो

पर्वत । पर्वतमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमवार बसेको बैठकले असार ७ गते रातीसम्म लागु हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना भाइरसको जोखिम अझै कायम रहेकाले थप एक साता लम्बाएर असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

यस अघि असार ३१ गते रातीसम्म जारी रहेको थियो । निषेधाज्ञामा एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न, पशुपक्षीका दाना, फलफूल, दरकारी, दूध तथा डेरीजन्य उत्पादन, माछा, मासु र कृषिजन्य उपकरण, ग्याँस तथा पेट्रोलियम पदार्थ, विद्युत्, खानेपानी र दूरसञ्चारका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ । औषधी, स्वास्थ्यकर्मी, र प्रेस पास भएका सवारीसाधन तथा सरकारी सवारीसाधनहरू निर्बाध रुपमा चल्न दिइने भएको छ भने जिल्लाभर र अन्तरजिल्ला चल्ने सार्वजनिक र निजी सवारीसाधनहरू पूर्ण रुपमा बन्द गरिने भएको छ ।

अत्यावश्यक सेवा प्रवाह हुने कार्यालय सञ्चालनमा आउने भएका छन् । सरकारी र लघुवित्त र बिमा कम्पनीका कार्यालय पूर्ण रुपमा बन्द हुने भएका छन् भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बैङ्कहरू समेत पूर्ण रुपमा खुल्ने भएका छन् । यस अघि सातामा दुई दिन मात्र आलोपालो गरी सञ्चालन हुने बैङ्क अव सबै दिन खुल्ने भएका हुन् ।

यसैगरी खाद्यान्न, फलफूल तथा तरकारी, स्टेशनरी र विकास निर्माणका सामाग्री बिक्री गर्ने पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button