तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

symbolic picture

पाल्पा । पाल्पामा शनिवार थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै पाल्पामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या ९७ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै पाल्पामा शनिबार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबारै पाल्पामा थप ५७ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
जिल्लामा हाल ८ सय सक्रिय संक्रमित रहेका छन् । जिल्लामा पछिल्लो समय कोरोना परीक्षण कम भएको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button