तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणले प्रदेश २ मा ८ सय ६२ को मृत्यु

जनकपुरधाम। कोरोनाको दोस्रो लहरको सङ्क्रमणले प्रदेश नंं २ मा संक्रमित भएर मृत्यु हुनेको सङ्ख्या ८ सय ६२ जना पुगेको छ । पहिलो लहरमा २ सय ७ जनाको मात्र मृत्यु भएकोमा दोस्रो लहर सुरु भएको १ महिना ४ दिनमा ६ सय ५५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबै भन्दा बढी बारा जिल्लामा रहेका छन् । बारा जिल्लामा कोरोना सङ्क्रमणका कारणले १ सय ५८ जनाको मृत्यु भएको छ । सप्तरी जिल्लामा १ सय ३२ जना, सिरहा जिल्लामा ८५ जना, धनुषामा १ सय १३ जनाको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएका प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसै गरी महोत्तरी जिल्लामा ९१ जना, सर्लाहीमा ४० जना, रौतहटमा १ सय १९, पर्सा जिल्लामा १ सय २३ जना र १ जना भारतीयको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको छ । मृतक मध्ये ६ सय २७ पुरुष तथा २ सय ३५ महिला रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button