तपाईँ सुन्दै हुनुहुन्छः

थप ८ हजार २ सय ४३ जना कोरोना सङ्क्रमणमुक्त

File Photo

काठमाडौँ । नेपालमा आज थप ८ हजार २ सय ४३ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

यो सँगै नेपालमा हालसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना कोरोना संक्रमित निको भइसकेको र निको हुने दर ८२ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ५ हजार ४२ जनामा भाईरस संक्रमण पुष्टि भएको छ ।
आज ११ हजार ४ सय ७१ नमूनाको पिसिआर परीक्षण गर्दा ३ हजार ५ सय ४० जना तथा ५ हजार ३ सय ४३ वटा नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यसमा नेपाली सेनाले यस अगाडिका विभिन्न मितिमा व्यवस्थापन गरेको सङ्क्रमितका शवहरूको सङ्ख्या समेत जोडिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हाल सम्म ७ हजार ७ सय ९९ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button