तपाईँ सुन्दै हुनुहुन्छः

८ हजार ६ सय ६३ जना कोरोना सङ्क्रमणमुक्त 

File Photo
काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ६ हजार ६ सय ५३ जना संक्रमित भएका छन् ।
१४ हजार १ सय ८२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ६ सय २४ जना तथा ६ हजार ६ सय ३१ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ हजार २९ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ ।
देशभरबाट गएको २४ घण्टामा ८ हजार ६ सय ६३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८१ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभरि आज कोरोना सङ्क्रमणबाट १ सय १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ७ सय ३१  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा ९७ हजार  ६ सय ९९ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button