तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप पाँच जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा तीन जना र  नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका दुई जना तथा दाङ, सल्यान र दैलेखका एक र एक जना छन् ।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरीमा उपचाररत बढैयाताल ४ बर्दियाका ३४ वर्षीय पुरुष, बढैयाताल ३ बर्दियाकै ५५ वर्षीय पुरुष र आठविस ४ दैलेखकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर ६ की ६५ वर्षीया महिला र कालीमाटी १ सल्यानकी ३७ वर्षीया महिलाको मृत्यु भएको छ ।
योसङै कोरोनाबाट बाँकेका २ सय ९६ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका ३ सय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button