तपाईँ सुन्दै हुनुहुन्छः

दुहबी नगर अस्पताललाई अरिहन्तको सहयोग 

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रण अन्तरगत ४५ बेडको आइसोलेसन र १५ बेडको अस्पतालका लागि अरिहन्तले सहयोग गरेको छ ।
दुहबीमा कोरोनासँग जुधिरहेकाहरूका लागि अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नको लागि अरिहन्त मल्टी फाइबर्स लिमिटेड सोनापुरले सहयोग गरेको हो ।
सम्पूर्ण दुहबी बासीहरूको राहतको लागि अक्सिजन लगायतका अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नको लागि अरिहन्त मल्टी फाइबर्स लि. (जुट मिल सोनापुर)को तर्फबाट दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारलाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
अरिहन्त मल्टी फाइबर्स लिमिटेडका गोविन्द बजगाईँले सहयोग स्वरूप चेक हस्तान्तरण गर्नुभएको थियो ।
दुहबी नगर क्षेत्रका नागरिकलाई कोरोनाबाट बचाउनका लागि सबै खालको सहयोग गर्न तयार रहेको बताउनु हुँदै नगर प्रमुख वेदनारायण गच्छदारले सङ्क्रमितहरूलाई औषधी सहितको प्याकेज वितरण र गम्भीर खालका बिरामीका लागि विराटनगरको कोभिड अस्पतालसँग समन्वय समेत गरेको बताउनुभयो ।
केही दिन अगाडि सारडा ग्रुपले  नगर अस्पताल लाई ५ लाख मूल्य बरावरको ४९ प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको गच्छदारले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button