तपाईँ सुन्दै हुनुहुन्छः

कोशी गाउँपालिका–३ बाट लागूऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ नहर चोकस्थितबाट लागूऔषध सहित १ जनालाई प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ वर्षीय मजरुल हक रहेका छन् ।
सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले डाइलक्स डिसि थान–५०२. नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका मजरुल हकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button