तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका प्राविधिक अधिकृत ओझाको निधन 

काठमाडौँ । रेडियो नेपालका छैटौँ तहका प्राविधिक अधिकृत कृष्णप्रसाद ओझाको  निधन भएको छ ।
२०४९ सालदेखि रेडियो नेपालमा कार्यरत ओझालाई कोरोना सङ्क्रमण भई काठमाडौँको नेपाल नेश्नल अस्पताल कलङ्कीमा उपचार गराइरहनुभएका थियो  ।
५४ वर्षीय ओझाको हिजो (शुक्रवार) निधन भएको हो ।
स्व.ओझा नेपाल कर्मचारी सङ्गठन रेडियो नेपालका महासचिवसमेत हुनुहुन्थ्यो   ।
उहाँका निधनप्रति रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले गहिरो दुख व्यक्त गर्दै शोकाकूल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
साथै स्व ओझाप्रति रेडियो नेपाल गहिरो दुख व्यक्त गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button