तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगन्ज । कोरोना संक्रमणबाट रोल्पाका एक पुरुषको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ ।

लिवाङ नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय पुरुषको गएराति सवा १२ बजे भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा रेउघा अस्पतालमा स्वास्थ्य जाँच गराएका उनलाई कार्तिक १४ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो ।

कोभिडको आशंकामा स्वाब संकलन गरेर परिक्षण गर्दा १५ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि कार्तिक १६ गते उनलाई भेरी अस्पतालमा लगिएको थियो । परिवारका अनुसार विगत १ महिनादेखि उनमा जण्डिसको समस्या थियो । यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button