तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च सार्वजनिक

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि झण्डै पौने २ करोड खर्च भएको जनाएको छ ।

नगरकार्यपालिकाले खर्च विवरण सार्वजनिक गर्दै १ करोड ७२ लाख ६ हजार ४ सय ७ रुपैया खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधब प्रसाद शर्माले जानकारी दिनुभयो ।

जसअनुसार राहत सामाग्रीमा ६६ लाख ११ हजार ७ सय ४०, क्वारेन्टाइन तथा आइसोलेसन पूर्वाधार निर्माण सञ्चालन तथा व्यवस्थापनमा ७५ लाख ८ हजार ८ सय २५ र औषधिजन्य सामग्रीमा ३० लाख ८५ हजार ८ सय ४२ रुपैया खर्च भएको छ ।

नगरपालिकाले कोभिड १९ को लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त राहत विवरण पनि सार्वजनिक गरेको छ । जस अनुसार नगरपालिकालाई हालसम्म १ करोड ५ लाख ३२ हजार ८ सय ४२ रुपैयाँ प्राप्त भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button