तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं । आज देशभर ३ हजार एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ ।

देशभरका विभिन्न प्रयोगशालामा ११ हजार एक सय ६६ जनामा पिसिआर परिक्षण गर्दा १ हजार ८ सय ६७ पुरुष र १ हजार २ सय ४७ महिलामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज प्रदेश १ मा ३ सय ७ जना, प्रदेश २ मा एक सय, बाग्मती प्रदेशमा २ हजार ३२, गण्डकी प्रदेशमा एक सय ८९, लुम्बिनी प्रदेशमा ३ सय ३७, कर्णाली प्रदेशमा ४६ र सुदुरपश्चिम प्रदेशमा एक सय ३ जना कोरोना भाईसरबाट संक्रमित भएका छन् ।

हालसम्म काडमाडौ उपत्यकामा मात्रै ८१ हजार ६८ जना कोरोना भाईरसबाट संक्रमित भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौमा ६५ हजार ७ सय ८८, ललितपुरमा ९ हजार ३ सय १४ र भक्तपुरमा ५ हजार ९ सय ६६ जना संक्रमित भईसकेका छन् ।

योसँगै हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको कूल संख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ ।

यस्तै आज थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

यस्तै देशभर ३७ हजार ४ सय ७६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको जनाएको छ ।

जसमध्ये गम्भीर लक्षण भएका ३ सय ७२ जना आई.सी.यू मा र ६८ जनाको भेण्टिलेटरमा राखी उपचार भईएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button