तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक प्रयोगशाला जनकपुरधाममा स्वचालित मेसिन

जनकपुरधाम । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पूर्ण रुपमा स्वचालित आर एन ए एक्सटेक्सन मेशिन खरिद गरेर थप भएको छ ।

यसअघि रहेको चार वटा पि सि आर मेसिनले काम गरिरहेको वेलामा प्रदेश सरकारले थोरै समयमा कोरोनाको परीक्षणको प्रतिवेदन दिने मेसिन खरिद गरेर प्रदान गरेको छ । बढीमा दुई घण्टामा कोरोनाको परीक्षणको प्रतिवेदन दिन सकिने भएको प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्रले जानकारी दिनु भयो ।

एक पटकमा ९६ जनाको स्वावको परीक्षण गर्न मिल्ने अत्याधुनिक मेसिनलाई स्टल गर्ने काम भईरहेको प्रयोगशालाले जनाएको छ । यस अघि यू एन डि पीले प्रदान गरेको कम क्षमताको मेसिनलाई अन्य जिल्लामा पठाउने पनि डा. मिश्रले जानकारी दिनु भयो ।

अव कोरोनाको परीक्षणको परिणाम कुर्नका लागि बढी समय नलाग्ने भएको पनि प्रादेशिक प्रयोगशालाका प्रमुख डा मिश्रले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button